शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा कोभिड संक्रमणको उच्च जोखिममा

काठमाडौंं असार २३, काठमाडौ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताउनुुभयो । उहाँका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको समाचार आजको गोरखापत्र दैनिकबामा सरोज ढुङ्गेलले लेखेका छन् ।

त्यस्तै नेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । निगमका सात जना कर्मचारीको परीक्षण पोजेटिभ आएको बताउँदै डा। पाण्डेले निगमका कर्मचारीसँगै उपत्यकास्थित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गर्नुभयो । कुन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको  बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।