बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ९ सहित १४७ जना कोभिड संक्रमितको पहिचान

काठमाडौं साउन ८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ४८१ जनामा पिसीआर परीक्षणको क्रममा काठमाडौंका ५, ललितपुरका २ र भक्तपुरका २ जना गरि उपत्यकाका ९ सहित १४७ जना संक्रमितको पहिचान भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बिहीबार देशभर २० हजार ५८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३५८ जना आइसोलेसनमा रहेको र आज १५६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० जना पुगेको बताउनुभयो ।

साथै आज वीरगन्जका ७० वर्षको पुरुषको संक्रमणका कारण निधन भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको सख्या ४३ पुगेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।