बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ३ सहित १ सय ९ जना संक्रमितको पहिचान हुँदै गर्दा १०६ संक्रमित डिस्चार्ज

काठमाडौं साउन १० ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घन्टामा २४ घण्टामा चार हजार ७५ जनाको नमुना परीक्षण गर्दा नेपालमा १ सय ९ जनामा कोभिड संक्रमणको पहिचानभएसंगै संक्रमितको संख्या १८ हजार ४८३ पुगेको जनाएको छ । यसमध्ये काठमाडौंका २ र ललितपुरका १ समेत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ९ जना संक्रमितको पहिचान हुँदै गर्दा १०६ जनाले कोभिड संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेका कुल संख्या १३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

साथै शुक्रबार वीरगन्जमा १९ वर्षीया युवतीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको हो। बुधबार वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भउकी उनको उपचारको क्रममा समस्या देखिएपछि उनलाई गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको जनाउदै मन्त्रालयलयका प्रवक्ता गौतमले मृतक युवतीलाई आइसोलेसनमा उपचारकै क्रममा पखाला धेरै चलेको थियो भने शरीमार अक्सिजनको मात्र कम भएको उपचारको क्रममा उनको मृत्यु भएको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।