शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका विभिन्न २३ स्थानमा थप २८ जनामा कोभिड सङ्क्रमण

काठमाडौं असार २३ , कोभिड संक्रमणको जोखिम बढेसंगै जारी लकडाउनका कारण नागरिकको दैनिक जीवनमा असहज भएको अवस्थालाइ दृष्टिगत गर्दै जारी लक डाउनको मोडालिटीमा सहजीकरण गरे यता उपत्यकामा संक्रमितको सख्या दिनानुदिन बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा  २८ जनामा सङ्क्रमण पहिचान भएको  जनाएको  छ ।मन्त्रालयका अनुसार संक्रमित पहिचान भएका क्षेत्रमा काठमाडौको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा १४ जना रहेको जनाएको छ ।

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा १० जना र भक्तपुरमा ४ जना सङ्क्रमितको पहिचान भएको जनाएको छ । सोमबार उपत्यकामा   ५४ जना संक्रमित भेटिएको  थियो ।

त्यस्तै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा २०४ जना संक्रमित थपिएसंगै नेपालमा कोभिड संक्रमितको संख्या १६ हजार १६८ पुगेको जनाएको छ । त्यस्तै मन्त्रालयले देशभर २५ हजार ७२७ जना क्वारेन्टाइनमा र ८ हजार ६३४ जना आइसोलेसनमा रहेका जनाउ दिनुको  अलावा संक्रमितमध्ये ७ हजार ४९९ जना डिस्चार्ज भएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।