बिहिबार, बैशाख १३, २०८१

इजरायलद्वारा प्रदेश न २ सरकालाइ स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौ साउन १४,
इजरायल सरकारले कोभिड–१९ बाट प्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजरलगायत सामग्री आज हस्तान्तरण गरेको दुतावासद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिनुभयो । राजदूत बेनी ओमेरले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा इजरायलको ऐक्यबद्धता रहेको जनाउँदै थोरै भए पनि सहायता गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । स्वास्थ्य सामग्री हस्तान्तरणको क्रममा जुम बैठकमार्फत कुराकानी समेत भएको थियो ।

यसअघि पनि दुतावासले संघयि सरकारलाइ पनि सहयोग उपलब्ध गराइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।