शनिबार, बैशाख ८, २०८१

आयातकर्ता संघको चेतावनी:  विरोधको प्रतिरोध गर्ने स्थिती सिर्जना नहोस

व्यवसाय गर्ने क्रममा कसैले आयात गर्छ त कसैले उत्पादन यसमा कसैको हस्तक्षेप स्वीकार्य छैन

काठमाडौं साउन २ ,

 पछिल्लो समय औषधि आयातकर्ता लक्षित हुँदै यो वा त्यो कोणबाट शुरु भएको विरोधको संघले घोर भत्सर्ना गरेको छ । मुलुकको संविधान प्रदत हकाधिकार अनुरुप कुनै पनि प्रकतिको व्यवसाय गर्नु पाउनु नागरिक वा व्यवसायीको नैसर्गिक अधिकार भएको जिकिर गर्दै व्ययशाय गर्ने क्रममा कसैले आयात गर्छ त कसैले उत्पादन यसमा कसैको हस्तक्षेत्र स्वीकार्य नभएको भन्दै संघका महासचिव पवन आचार्यले स्थिती यस्तै रहने हो भने आयातकर्ता व्यवसायको मानमर्दन गर्ने प्रकृतिको विरोधको प्रतिरोध गर्न बाध्य हुने बताउनुभएको छ ।

त्यस्तै उहाँले मुलुक औषधिमा आत्मानिर्भर मात्र नभइ अन्य मलुकमा निकासी गर्न समेत समक्ष होस भन्ने तमाम औषधि आयाकर्ताको चाहना रहेको प्रष्टोक्ति सहित पछिल्लो समय औषधि आयातकर्ता लक्षित हुँदै कुनैपनि कार्यक्रममा हुने गरेको औषधि आयातकर्ता माथिको प्रहार सहित दोस्रो दर्जाको नागरिकको व्यवाहर विरुद्ध राष्टका हिमायति कहलिएको व्यवसायीलाइ आयातकर्ता पनि नेपाली नागरिक नै भएको नेपालको समृद्धिमा उत्तिकै योगदान रहेको हेक्का राख्न र आग्रह गरिएको       छ ।

आत्मनिर्भरताको खोल ओढेर खोक्रो राष्ट्रवादको भजन गाउँदै आफ्नो दुनो सोझ्याउने र औषधि आयातकर्ताको नागरिता माथि प्रश्न गर्ने ती जनहरुलाइ हामी प्रष्ट शब्दमा भन् चाहन्छौ कि हे महाजन पहिला आफु उभिएको धरातल  मापन गर्दै आकास माथि हेरेर थुक थुक्दा त्यो अन्यत्र नभए आफ्नै मुहारमा पर्छ भन्ने चेतनाबाट विरक्तिने काम नर्गन समेत भनेका छन ।

व्यवसाय छनौट व्यक्तिको अधिकार हो । कसैले खुद्रा व्यवसाय रोजेका छन भने कसैले थोक त कसैले उत्पादन त कसैले आयात यसमा माथापच्छि किन भन्ने प्रश्न सहित आफ्नो कर्मक्षेत्रप्रति सवैको खुला व्यापार निति अनुरुप उत्तिकै महत्व रहने तर्फ सम्वद्ध सवैको ध्यानाकर्षण समेत गराईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।