शनिबार, बैशाख ८, २०८१

आज बस्ने मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीका नयाँ प्रहरी महानिरीक्षकको पहिचान गर्ने

काठमाडौं असार २३ , आज अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक आज बस्दैछ । आजको बैठकमा मुलत नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख छनोट लगायत विषयगत एजेन्दामा छलफल सहित नितिगत निर्णय हुने सम्वद्ध स्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार वहालवाला नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।