बिहिबार, चैत्र १५, २०८०

आज पूर्वराजा ज्ञानेन्द्रको ७४ औं जन्मदिन

काठमाडौं असार २३ , पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७४ औं जन्मदिन । यसपटक पूर्वराजा शाहले आफ्नो जन्म दिनको कुनैपनि औपचारिक कार्यक्रम नगर्ने यसअघिनै सार्वजनिक गरिसक्नु भएको छ ।

मुलुक कोभिड संक्रमणबाट आक्रान्त परेको अवस्थामा जनता भेला गरेर जन्मदिन मनाउनु उचित नभएको भन्दै उहाँले यो वर्षको जन्मदिन मनाउने कार्यक्रम रद्द गरेको हो ।

त्यस्तै पूर्व राजा शाहले देशभर कोभिड संक्रमण सहित देश रोइरहेको अवस्थामा आफुले जन्म दिनको औपचारिक कार्यक्रम गर्नु आफैमा न्यायिक नहुने निर्णय गर्नु भएको हो ।

यसैवीच पूर्वराजा ज्ञानेन्द्रको आज ७४ औं जन्मदिनको अवसरमा हार्हिक शुभकामना अभिव्यक्त गर्दछौं

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।