बिहिबार, बैशाख १३, २०८१

आज देशभर नेपालको प्रथम जननिर्वाचित प्र.म विपीको ३८ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं साउन ६,

आज श्रावण ६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा ३८ औँ विपी स्मृति दिवस मनाइँदै छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गर्दा गर्दैको अवस्थामा नेता कोइरालाकोे विस २०३९ साल साउन ६ गते निधन भएको थियो ।

यसै क्रममा २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएका कोइरालाको स्मति देसैैभरीविभिन्न कार्यक्रम सहित स्मति दिवस मनाइररहेको समाचारहरु प्राप्त भएको छ ।
यसैक्रममा बीपी विचार राष्ट्रिय समाजले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० कावीच पनि सामाजिक दूरी कायम गरेर बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने यसअघिनै निर्णय सार्वजनिक गरिसकेकोछ ।

राजनीतिका साथै विशेष गरि यौन मनोविज्ञानमा आधारित साहित्यका सर्जक समेत रहेका विपी कोइरालाको राजनिती र साहित्य दुवैमा महत्वपूर्ण योगदान रहि आएको छ । उहाँको तीन घुम्ती नरेन्द्र दाइ सुम्निमा मोदीआइन हिटलर, दोषी चश्मा लगायतका उपन्यास एवम् कथाहरु प्रकाशित रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।