बुधबार, बैशाख १२, २०८१

आज आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइदै

 काठमाडौ असार २९, आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा गरेको योगदानको सम्मान स्वरुप आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०७ औँ जन्मजयन्ती मनाउँने भएको हो ।

यसैक्रममा आज भानु प्रतिष्ठानले प्रज्ञाप्रतिष्ठानको परिसरमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण लगायतका कार्यक्रम तय भएको जनाएको छ । साथै आज गरिने कसनैपनि कार्यक्रम कोभिड सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ ।

मुलत आदिकवि भानुभक्तले आफ्नो प्रश्नोत्तर’ कृति मार्फत मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने वधूशिक्षामा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका उहाँको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।