शुक्रबार, चैत्र १६, २०८०

आइतबारदेखि ४ दिनसम्म अविरल भिषण वर्षासंगै बाढी पहिरोको संभावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं साउन २ ,

जल तथा मौसम विज्ञान विभागले आगामी आइतवार बाट निरन्तर ४ दिन सम्म मुलुकका अधिकांश स्थानमा मनसुन थप सक्रिय हुनुको अलावा अविरल भिषण वर्षाको संभावना रहेको जनाएको छ ।

त्यस्तै विभागले जारी गरेको विज्ञप्तिमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा कम क्षेत्र प्रभावित हुने भएपनि भारी वर्षा भई बाढीपहिरोको जोखिम भने अत्याधिक रहेको जनाएके छ ।  त्यस्तै साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २, बागमती र गण्डकीका ठूला र साना नदी तथा तिनका सहायक नदीमा जलसतह बढ्ने र पहाड, चुरे क्षेत्र तथा तराई भएर बग्ने स–साना नदी नालाहरुमा साउन ९ गतेसम्म आकस्मिक बहाव हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विषेश सतर्कता अपनाउन समेत  आग्रह गरेको छ ।

साउन ५ देखि ३ दिन तिनाउ, राप्ती, बबई, भेरी, सेती र यसका सहायक नदीहरुमा समेत बहाव बढ्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता आवश्यक रहेको जनाउ सहित बेलैमा सुरक्षित उपाए अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

त्यस्तै मौसम र बाढीसम्बन्धी सूचनाहरू दैनिक बुलेटिन तथा वेबसाइट www.mfd.gov.np, hydrology.gov.np लगायत सम्बन्धित कार्यालय तथा प्राधिकरणको फेसबुक पेज, ट्वीटरमार्फत सार्वजनिक गर्ने हुनाले उक्त सूचनालाई विशेष ध्यान दिन भनिएको छ । यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका बिभिन्न क्षेत्रमा भीषण वर्षा भएको थियो । असार माहिनाको बाढी पहिरोमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने धेरै मानिसहरू हराइरहेका छन् ।

सलहको आगमन र बृद्दिमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकोले  नअत्तालिन आग्रह  :

यसैवीच नेपालका केही जिल्लाहरुमा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमन र बृद्दिमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकोले विभागले आज जारी अर्को बुलेटिनमा जारी गर्दै नअत्तालिन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।