शनिबार, जेष्ठ २९, २०७८

सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने तनहुँका दरै पक्राउ

काठमाडौं साउन १, 
महानगरीय प्रहरी प्रभाग नागढुंगाले सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ३८ वर्षीय ओम बहादुर दरैलाई पक्राउ गरेको छ ।
दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग।२ च ६५४५ नम्बरको टाटा सुमोको चेकजाँचको क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक पटक ‍अनावश्यक रुपमा यात्रु ओसारपसार गर्ने गरेको अभियोगमा दरैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै सवारी चेकजाँचको क्रममा चालक दरैले उल्टै डिउटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको जनाउदै निजलाइ मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ।

यसैवीच चन्द्रागिरी नगरपालिका गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी गरेको भन्दै निजहरुलाइ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका ४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका ७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका९६ घर भएका २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङदी गाउँपालिका  २ घर भएका २६ वर्षीय उज्जवल गुरुङ रहेको प्रहरीले जनाएको छ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु