आइतवार, जेष्ठ ३०, २०७८

सत्तारुढदल भित्र अन्तत बहुमत र अल्पमत खेल शुरु,पार्टी एकता नै समाप्त हुने सम्मको चेतावनी

काठमाडौं साउन १३,
सत्तारुढदल नेकपा भित्र मौलाएको विवाद अन्नत चमरउत्कर्षमा पुगेको छ । यसअघि पटक पटक जारी विवादलाइ सम्बोधन गर्दै निकास पहिल्याउँने भन्दै पार्टी अध्यक्षद्दय वीच भएको छलफलले कुनै पनि नितिगत सहमति जुटाउन नसक्दा पार्टी भित्रको विवाद चरमउत्कर्षमा पुगेको हो ।

शिर्ष नेतृत्वको आआफ्न अडानका कारण गत असार १० देखि जारी स्थायी समिति बैठक समेत अनिर्णयको बन्धक बनेको छ । यहाँसम्की जारी बैठकलाइ कसरी निरुपण गर्ने भन्ने सवालमा समेत थप विवाद सिर्जना भएको छ ।पटकपटकको छलफल मुलत प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको राजीनामाको प्रसंगमा केन्द्रीत हुँदै गर्दा आज बस्ने भनिएको  स्थायी समिति बैठक पनि त्यतिकै टर्ने संभावना रहेको सम्वद्ध स्रोतले जनाएको छ ।

यसैवीच प्रस्तुत विवादका कारण नेकपा भित्र मौलाएको गुटगत राजनितिले थप प्रशय पाएको अवस्था छ । अन्तत पार्टी भित्र बहुमत अल्पमतको खेल समेत शुरु भएको छ । प्रधानमन्त्री ओलीले आजको बैठकलाइ पनि सम्बोधन नगरे अध्यक्ष प्रचण्ड , वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठवीच मंगलबार भएको बैठकमा स्थिती यथास्थितीमा रहने हो भने बहुमत र अल्पमतकै आधारमा निर्णय प्रक्रियामा जानकाु विकल्प नभएको भन्ने सहमति अनुरुप अब सोहि अनुरुप प्रक्रिया अगाडि बढ्ने प्राय निश्चित भएको स्रोतको दावी रहेको छ ।

यहाँ स्मरणीय पक्ष भनेको प्रम ओली महाधिवेशनको प्रस्तावलाई पार्टी कमिटीबाट पारित गराइ दुवै पद सुरक्षित बनाउने योजनामा रहेका छन भने प्रचण्ड पक्ष भने कुनै पनि अवस्थामा प्रधानमन्त्रीको राजीनामा गर्नुको विकल्प नभएको बताउदै महाधिवेशनअघि गरिने बहुमत–अल्पमतका खेलले पार्टी एकता नै समाप्त हुने चेतावनी ओली पक्षले दिदै आइरहेका छन ।

यसवीचमा आफ्ना रणनीति अनुरुप ओलीले पार्टी कमिटीबाटै महाधिवेशनको प्रस्ताव पारित गराउनुहोला वा दाहाल–नेपाल समुहले ओलीलाई पदबाट राजीनामा गराउन सफल होला त्यो भने आज बस्ने बैठक पछिनै खुलासा हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु