आइतवार, जेष्ठ ३०, २०७८

सत्तारुढदल नेकपाका अध्यक्षद्वयबीच आज पनि छलफल हुँदै, आ-आफ्नै अडानका कारण् समस्या ज्यूँका त्युँ

काठमाडौं असार ३१ , सत्तारुढदल नेकपाका प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्डवीच आज पनि छलफल हुँदैछ । सत्तारुढ नेकपाभित्रको चुलिएको विवादको सनकास पहिल्याउनका लागि उहँँहरुवीच पटकपटक वार्ता भएपनि त्यस्तो कुनै नितिगत सहमति बन सकेको अवस्था छैन । दुवै शिर्ष नेतृत्व आआफ्नै अडानबाट तसमस भएका छैन ।

यद्यपी आज पुन दुई अध्यक्षबीच आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वान टु वान’ छलफल हुने सम्वद्ध स्रोतले जनाएको छ । त्यस्तै आजको छलफलले साउन २ गते बस्ने भनिएको स्थायी समिति बैठकलाइ समेत निर्देशित गर्ने भनिएपनि राजिनामा प्रकरणमा अल्झिएको आन्तरिक किचलोले सहजै निकास पाउने संभावना न्यून रहेको समाचार स्रोतको दावी रहेको छ । यहाँसम्मकी प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । यद्यपी आगामी २ गते बैठक बस्नु अघि दुई अध्यक्षबीच सहमति भएन भने नेकपा भित्रको अन्यौलता थप बढ्नेमा कुनै शंका छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु