सोमवार, बैशाख ३, २०८१

सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट यादव विरुद्ध मुद्धा दायर

काठमाडौ असार २२, अख्तियार दुरूपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको अनुसन्त्रानको क्रममा पाइएको उल्लेख गरिएको छ ।

निज यादवको कुल बैघ सम्पति मध्ये रु १ करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएसंगै बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।