आइतवार, जेष्ठ ३०, २०७८

शनिवार मध्यान्ह १२ बजेर पाँच मिनेटको शुभ साइतमा रातो मछिन्द्रनाथको रथारोहण हुने

ललितपुर साउन ८,

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मनाइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा आगामी शनिवारबाट शुरु हुने भएको छ । यसअघि विश्वव्यापी आतंककको प्रारुपमा फैलिएको कोभिड महामारीका कारण मछिन्द्रनाथको रथयात्राका लागि तय भइसकेको रथारोहण स्थगित गरिएको थियो ।

तर आज ललितपुर महानगरपालिकामा भएको सरोकारवालावीचको छलफलले गुठी संस्थानले नै तय गरेको साउन १० गतेको मितिमा रथारोहण गर्ने निर्णय गर्दै गर्दा ललितपुर जिल्ला प्रशासन कार्यालयले भने रथारोहण नगर्न भन्दै आएको छ । यद्यपी सरोकारवालाले भने साउन १० गते मध्यान्ह १२ बजेर पाँच मिनेटदेखि १२ बजेर २५ मिनेटको शुभ साइतमा रथारोहण गर्ने निर्णय गरेको हो । त्यस्तै रथ यात्राको विषयमा भने रथारोहणपछि छलफल हुने उनिरुले बताएका छन ।

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा[राष्ट्र अध्यक्ष] भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ ।

नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः [भात छर्ने चौर] भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुजिने गर्दछ

त्यस्तै मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । तर ष्विर्ष कोभिड महामारीका कारण जात्रा पछाडि धकेलिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु