सोमवार, बैशाख ३, २०८१

महासंघको आसन्न राष्ट्रिय भेला : संचारसम्बद्ध विभिन्न संगठनसंग छलफल

काठमाडौं साउन ११,
नेपाल पत्रकार महासंघको आगामी भाद्र २ र ३ गते हेटौडामा हुने महासंघको राष्ट्रिय भेलाका सम्बन्धमा संचारसम्बद्ध विभिन्न संगठनसंग छलफल आयोजना गरेको छ ।
छलफलमा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको विधानले गरेको व्यवस्था तथा पोखरामा सम्पन्न साधारण सभाले दिएको निर्देशन अनुसार महासंघ महाधिवेशनको चरणमा प्रवेश गरेको बताउदै राष्ट्रिय भेलाबाट मिति तोकिने बताउनुभयो ।
त्यस्तै उहाँले महासंघको सदस्यता सम्बन्धी सम्पूर्ण अधिकार शाखा र प्रदेश समितिलाई रहेको भन्दै साउन मसान्त भित्र नयाँ सदस्यता स्वीकृति र नविकरण भइसक्नुपर्ने बताउनुभयो ।

छलफलमा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस संगठनका सदस्य राजेश राई ,आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह,क्रान्तिकारी पत्रकार संगठनका प्रतिनिधि कमल बुढा ,प्रेस सेन्टर नेपालका प्रतिनिधि लोकराज जैशी, मधेशी पत्रकार संघका प्रतिनिधि विवेकानन्द मिश्र,प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल लगायतले जिम्मेवार पत्रकारिताका लागि आआफ्नो धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु