मङ्लबार, बैशाख ४, २०८१

महानगरपालिकाका ३२ वटै वडामा शनिवारबाट अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं साउन ९,

जिल्ला प्रशासन कार्यालय पर्साले शनिवार देखि लागु हुँने गरि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोभिड संक्रमण समुदायस्तरमा देखिएको ठहर सहित जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि  महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु  गर्ने निर्णय गरेको हो ।

छलफलको क्रममा स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठकको क्रममा सङ्क्रमण रोक्न आवत जावत र परीक्षणको दायरा बढाउँने र अनावश्यकरुपमा भिडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्ने त्यस्तै आफु पनि सचेत हुने र अरुलाइ पनि सचेत गराउदै निषेधाज्ञाको पालना गर्न स्थानीय प्रशासनले सवैमा आग्रह समेत गरेको छ ।

वीरगञ्जमा दुइ दिनको अन्तरमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भैसकेको र बाँकी ७५ जना सङ्क्रमितको गण्डकस्थित कोभिड अस्पतालमा उपचार भइरहेकोमा थप दुइ जनाको अवस्था गम्भीर रहेको जनाएको  छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।