सोमवार, बैशाख ३, २०८१

बालुवाटार र खुमलटारमा शिर्ष नेतृत्वको अलगअलग बैठक,  स्थायी कमिटी  बैठकको  संभावना क्षिण

काठमाडौं साउन २ ,

सत्तासिन दल नेकपाको आज बस्ने भनिएको स्थायी कमिटीको बैठकपूर्व अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दुर्इ अध्यक्षद्वय वीच छलफल हुने भनिएपनि  छलफल कुन समयमा शुरु हुने हो सो सम्बन्धमा कुनै औपचारिक जानकारी प्रवाह भएको छैन । समाचार स्रोतका अनुसार आजको लागि पूर्व निर्धारित स्थायी कमिटीको बैठक पनि त्यतिकै स्थगन हुने संभावना रहेको जनाएको छ ।

प्रचण्ड पक्षले प्रम् ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर अहिलेको विवादको निकास दिन आग्रह गर्दै गर्दा ओलीले प्रस्तुत ठाडै अस्वीकार गर्दै आइरहेका छन ।

त्यस्तै यसअघि पटकपटक स्थगन हुँदै आएको स्थायी कमिटीको बैठक ११ बजे बस्ने भनिएको छ । यसवीचमा नेताxरुवीच भएको  श्रृखलावद्ध छलफलको क्रममा सहमति नजुटेपछि ओली पक्षले बालुवाटार र प्रचण्ड पक्षले खुमलटारमा अलगअलग आफु निकटका नेताहरुसँग छलफल समेत गरेका छन ।

त्यसक्रममा खुमलटार बैठकले प्रम ओलीको राजनैतिक दुरदर्शिता नभएकाले पार्टी अनिर्णयको बन्दी बनेको निष्कर्ष सहित केन्द्रिय कमिटीको बैठकको बाट समस्या वार कि पार गर्नु पर्ने ठहर गरको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।