बुधबार, बैशाख १२, २०८१

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक[पूर्णपाठ सहित]

काठमाडौ साउन २ ,
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको विषयमा जानकारीदिदै गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ का अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्य प्रस्तुत मौद्रिक नितिले अख्तियार गरेको बताउनुभयो।

त्यस्तै मौद्रिक नितिमा सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेअनुरुपको लक्ष्य प्राप्तिका विषयगत नीति सहितका योजना समावेश गरिएको उहााके भनाइ रहेको थियो ।जसअनुसार नेपाल राष्ट्र बैंकले उद्योगलाई १ वर्ष र साना ऋणीलाई ६ महिना समय थप गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै उद्योग, व्यवसायका लागि ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने व्यवस्था मौद्रिक नीतिमा उल्लेख रहेको छ । राष्ट्र बैंकले कोभिड –१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण प्रभावित क्षेत्रको कर्जा भुक्तानी अवधिको म्याद थप गरेको छ भने कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरेको छ।

साथै बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिनुको अलावा यसअघिको कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने प्रावधानलाइ थप कडाई गर्दै कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।  

आज सार्वजनिक मौद्रिक नीति पूर्णपाठ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।