आइतवार, जेष्ठ ३०, २०७८

नियमक निकाय औषधि व्यवस्था विभागको गुणस्तर परिक्षण प्रणालीप्रति विज्ञ सहित व्यवसायीको आशंका

-संघ र संघ आवद्ध उद्योगी व्यवसायीलाइ प्रताडित बनाउने काम भएकै कारण आज आन्दोलनको विकल्प चयन गर्नु परेको  जनाउ सहित माग सुनवाइ नभए कठोर आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने महासचिव अधिकारीको प्रष्टोक्ति

-राज्य स्वदेशी औषधिको प्रवद्र्धन भन्दा आयातीत औषधिको पक्षपाती भएको आरोप

-स्वदेशी उद्योगको उत्पादनलाइ निरुत्शाहित गर्न गुणस्तर परीक्षणको क्रममा हुने गरेको अनेकन चलखेलका कारण उत्पादनको भन्दा पनि विभागको परिक्षण प्रणालीको नै परिक्षण गर्नु पर्ने औषधि व्यवसायी दाहालको जिकिर

काठमाडौं साउन १ ,
काठमाडौं विभिन्न ७ बुँदे माग सहित आन्दोलनमा उत्रेको औषधि उत्पादकहरुको साझा संस्था नेपाल औषधि उत्पादक संघले सर्बप्रथम म नेपाल औषधि उत्पादक संघले विगत ३ दिन यता देखि औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागमा धर्ना सहितको जारी आन्दोलनकोे औपचारिक जानकारी दिन आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।

पत्रकार सम्मेलनमा संघको आन्दोलनको आवश्यकता र औचित्यको जानकारी दिदै संघका महासचिव विप्लव अधिकारीले मुलुकमा सिर्जित जस्तो सुकै विषम अवस्थामा पनि अत्याआवश्यक औषधिको उत्पादन तथा सोको सहज आपुर्तिमा प्रतिवद्ध हुँदै गर्दाको अवस्थामा समेत राज्यले सदैव नेपाली औषधि उत्पादकवृतप्रति उदासिन हुँदै आएको आरोप लगाएका छन । साथै कोभिड महामारी र जारी बन्दाबन्दीका देशनै ठप्प भएको समयमा पनि अत्यावश्यक बस्तु औषधि उत्पादन गरी स्वदेशमा उत्पादित औषधिहरु को आपूर्ति गर्दै आइरहेको संघले यसअघि सरकारको तर्फबाट भएका नितिगत निर्णय कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण गराउने क्रममा प्राप्त आश्वासन पूरा गर्नु भन्दा पनि ठिकत्यस विपरितका मन्त्रीस्तरिय निर्णय गर्दै संघ संघ आवद्ध उद्योगी व्यवसायीलाइ प्रताडित बनाउने काम भएकै कारण आज आन्दोलनको विकल्प चयन गर्नु परेको समेत महासचिव अधिकारीले बताए ।

त्यस्तै राज्यले संघलाइ दिएको बचन र गर्दै आएको विभेद सहितको व्यवाहर नितिले मुलुककमा रोजगारी सिर्जनाको पर्याय बन्दै उल्लेख्य सख्यामा रोजगार प्रदान गर्दै आएको स्वदेशी औषधि उत्पादक कम्पनी दिनानुदिन यो वा त्यो नामको समस्याको चपेटामा पर्दै आएको जिकिर सहित  औषधिमा आत्मानिर्भरताको प्रसंग उठान गर्दा राज्यको यो वा त्यो वहानामा पन्छिने प्रवृति विरुद्ध संघले अव पनि माग सुनवाइ नभए यो भन्दा कठोर आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने प्रष्टोक्ति दिएका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा संघको आन्दोलनमा ऐकेवद्धता जनाउदै संघका पूर्व अध्यक्ष समेत रहेका औषधि व्यवसायी दिक दाहालले राज्य स्वदेशी औषधिको प्रवद्र्धन भन्दा आयातीत औषधिको पक्षपाती भएकै कारण नेपाली ओषधि उद्योगले अनेकन समस्या झेल्नु परेको बताए । स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउने माग गर्नु कुनै अपराध नभएको बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने भन्दै आत्मानिर्भरताको लागि शुरु भएको आन्दोनलमा सवैका सहकार्य लागि आव्हान समेत गनुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका औषधि व्यवसायी उमेश लाल श्रेष्ठले सरकारले औषधि क्षेत्रका लागि अख्तियार गर्दै आएको निति किमार्थ औषधिमैत्री बन्न नसकेकोमा आपत्ती प्रकट गर्दै राज्य हदैसम्म यसक्षेत्र प्रति उदासिन रहेको बताए ।

त्यस्तै औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज वास्कोटाले जहाँ औषधि उद्योगी छन त्यहाँ औषधि थोक व्यवसायी सदैव काँधमा काँध मिलाएर स्वदेशी उद्योगको प्रवद्र्धनमा प्रतिवद्ध रहेको बताए । साथै उहाँले राज्यको गैरजिम्मेवार नितिका कारण व्यवसायीले हरेक अवसरबाट बन्चित बन्दै आएको भन्दै आन्दोलनप्रति संघले हरेक तह र तप्काबाट सहकार्य गर्ने बताए ।

त्यस्तै गरि पत्रकार सम्मेलनको पहिलो सत्रमा आयुर्वेदिक औषधि उत्पादक संघ , नेपाल उद्योग परिसंघ,NpA PhAN HOSpaN लगायतका संस्थाले समेत एपोनको आन्दोलन सहकार्य रहने जनाउ दिएका थिए ।

[डेमोको लागि राखिएको परिक्षण  मेसिन ]

यसैवीच पत्रकार सम्मेलनमा संघको तर्फबाट प्रस्तुत ७ बुँदे माग अन्र्तगत राज्य र राज्य मातहतका नियमक निकायले स्वदेशी उद्योगले कोभिड १९को जोखिमबाट बच्न प्रयोग हुने स्यानिटाजर उत्पादनमा मुलुक आत्मानिर्भर भइसकेको अवस्थामा समेत विदेशी कम्पनीबाट उत्पादित स्यानीटाजर आयातमा सहजीकरण गर्दै स्वदेशी उद्योगको उत्पादनलाइ निरुत्शाहित गर्न स्वदेशी उत्पादनको परीक्षणमा अनेकन चलखेल सहित गुणस्तहिन भएको प्रमाणित गर्ने काम भएको समेत संघका निर्वतमान अध्यक्ष समेत रहेका औषधि व्यवसायी दिपक दाहालको जिकिर रहेको थियो ।

त्यस्तै औषधि व्यसायी दकालले औषधि व्यवस्था विभागमा स्वदेशी उत्पादनका सवै उत्पादनको दर्ता र परीक्षण हुनु पर्ने तर आयातीत स्यानीटाइजरको परीक्षण नै नगरी निर्वाद विक्रि वितरण गर्न पाउनु तर्क संगत नभएको समेत बताए । पछिल्लो समय गुणस्तरिय उत्पादन अन्तगत स्वदेशी उत्पादनको स्यानीटाइजर परिक्षणको
क्रममा विभागबाट प्राप्त नतिजाका कारण विभागको परिक्षण प्रणालीप्रति अनेकन शंका सिर्जना भएको मात्र नभइ अव विभागको परिक्षण प्रणालीको नै परिक्षण गर्नु पर्ने बताउँदै  गुणस्तर परिक्षण  मेसिन सहित   डेमो समेत  प्रस्तुत   नजर गर्न पटकपटक  आग्रह गर्नु भएको थियो   ।

त्यस्तै गरि विज्ञ व्यक्तित्वको तर्फबाट जिएस ल्यावका शोभा बस्नेतले विभागको तर्फबाट हुँदै आएको प्रणाली पछिल्लो समय शंकाको घेरामा रहेको बताउदै विभागको परिक्षणमा फेल भएका स्यानिटाइजनरको गुणस्तर आफनो ल्यावमा पास भएको बताउदै पत्रकारहरुको विविध प्रश्नको उत्तर दिनु भएको थियो ।

प्रतिक्षा गर्नुृहोस अर्को श्रृखलामा स्यानीटाजरको गुणस्तर परिक्षण, विभागको परिक्षण् प्रणाली,सरोकारवालाको भनाइ सहित कुन कुन कम्पनीको स्यानीटाजरको कस्तो ,  किन फेल  भए गुणस्तर परिक्षण् लगायतका विषयमा विस्तृत विवरण 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु