शनिबार, जेष्ठ २९, २०७८

धादिङको त्रिपुरासुन्दरीको पहिरोले एकै परिवार ३ जनाको मृत्यु

  सप्तकोसीको ५६ मध्ये ४६ ढोका खोलियो,  राजमार्गको ठाउँ-ठाउँमा पहिरो

काठमाडौं साउन ६,

केहि दिनयतादेखिको अविरल एवम निरन्तर वर्षाका कारण धादिङको त्रिपुरासुन्दरी ६ आगिञ्चोकमा गएको पहिरोले घर बगाउदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाँउपालिका– मा पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँण रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुनुको अलावा अविरल वर्षाका कारण आएको बाढीले धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल क्षतिग्रस्त हुँदा आवागमन थप्प भएको स्थानीय प्रहरीले जनाएको छ ।

यसैवीच सप्तकोसी नदीमा समेत पानीको बहाव बढ्दो गतिमा उर्लिएकोछ । स्थानीय प्रशासनले आज बिहान पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकामध्ये ४६ वटा खुल्ला गरिएको जनाएकोछ ।

त्यस्तै नारायणी नदीमा पनि पानीको बहाव तिव्रभएसंगै गण्डक ब्यारेजको सबै ढोका खोलिएको थाहाभएको छ । नदीको वहाव सूचक भन्दा माथिको क्षेत्रमा पेगेसंगै ब्यारेजका सबै ३६ वटा ढोका खोल्दै स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु