शनिबार, जेष्ठ २९, २०७८

घुस रकमसहित डिभिजन प्रमुख साह अख्तियारको फन्दामा

इन्जिनियर मण्डल र असिस्टेन्ट सव-इन्जिनियर गुरुङ पनि नियन्त्रणमा 

काठमाडौं साउन ९,

डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई रु पाँच लाख ५३ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगस्रोतका अनुसार   अयोगका इटहरी कार्यालयको टोलीले डिभिजन प्रमुख साहलाई घुसबापट प्राप्त रकम लिएर बा२झ ४१० नम्बरको सरकारी गाडीबाट रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा कोशी गाउँपालिका– ८ सुनसरीबाट पक्राउ गरेको उल्लेख गरिएको छ।

त्यस्तै आयोगको पोखरा टोलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ लमजुङका इञ्जिनीयर भूपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इञ्जिनीयर टीकाप्रसाद गुरुङलाई पक्राउ गरेको छ । आयोगका अनुसार ८ जना लाभग्राहीको भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकम विभिन्न बाहानामा जनही रु ५० हजारका दरले रु ४ लाख घुस लिएको अनुसन्धानको क्रममा पाइएसंगै उनीहरुलाई बेंसीशहरबाट पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु