आइतवार, जेष्ठ ३०, २०७८

उपप्रधानमन्त्री पोखरेल तथा स्वास्थ्य मन्त्री ढकालसंगै स्वास्थ्य अधिकारी विरुद्ध उजुरी दर्ता

काठमाडौं साउन ८ ,
इनफ इज इनफ’ का सामाजिक अभियान्ताहरुले छानबिनको माग गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायत ओम्नी समुहका संचालक र स्वास्थ्य अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका छन ।

दर्ता गरिएको उजुरीमा कोभिड १९ को बिषम परिस्थितिमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको उल्लेख गर्दै फोन कल डिटेल तथा अन्य माध्यमबाट भएको सम्पर्कको आधारमा छानबिन गर्न माग गरिएको छ । त्यस्तै पिसिआर किट खरिद ठेक्कामा ठुलो कमिसनको चलखेल भएके ठहर सहित स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विज्ञको सम्पत्ति छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न माग समेत गरिएको छ।

त्यस्तै सामाजिक अभियान्ताहरुले १२ बुँदे सूचनाको विस्तृत विवरण माग गर्दै सूचनाको हकाधिकार अनुरुप स्वास्थ्य मन्त्रालयमा समेत पत्र दर्ता गराएको । यसअघि पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितताका भएको भन्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा   वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उजुरी दर्ता गरेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु