शुक्रबार, कार्तिक ७, २०७७

उपत्यकाका ९ सहित १ सय ४४ नयाँ कोभिड १९ का संक्रमितको पहिचान

काठमाडौ असार २९, नेपालमा १ सय ४४ जना कोभिड १९का नयाँ संक्रमितको पहिचान भएसंगै कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २५ वटा प्रयोगशालामा ५ हजार ८ सय ४६ वटा पीसीआर परीक्षणको क्रममा १ सय ४४ जनामा कोभिड पुष्टि भएको जानकारी दिएको हो ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजै १ हजार ७ सय ९४ जना निको भएर घर फर्किएको जानकारी दिदै सक्रमित मध्ये उपचारपछि डिस्चार्ज हुनेको सख्या १० हजार २ सय ९४ पुगेको बताउनुभयो ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये आज काठमाडौमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना संक्रमित रहेको र देशभर २३ हजार ४७० जना क्वारेन्टाइनमा त्यस्तै गरि ६ हजार ६१३ जना आइसोलेसनमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो डेटा अनुसार कोभिड संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । यसमध्ये प्रदेश नम्बर २ मा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जना रहेको मन्त्रालयले जनाएको  छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु