शनिबार, जेष्ठ २९, २०७८

आज थप ५७ जनामा संक्रमण पुष्टि १ सय ३ जना संक्रमित डिस्चार्ज

काठमाडौं साउन ३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकको विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज १ सय ३ जना संक्रमित डिस्चार्ज भएसंगै उपचार पछि डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ जना पुगेको । संक्रमणबाट ४० जनाको मृत्यु भएको जनाएको छ ।

साथै पछिल्लो डेटा अनुसार देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमितको उपचार हुँदै गरेको छ भने २३ हजार २७५ जना क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।  आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोभिड परीक्षण गरिएको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु