आइतवार, अशोज ३, २०७८

आगामी भाद्र २–३ हेटौँडामा पत्रकार महासङ्घको राष्ट्रिय भेला

काठमाडौं साउन ८,

नेपाल पत्रकार महासङ्घले कोभिड महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भाद्र २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ ।  आज महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको महासंघ केन्द्रीय समितिको १० औं पूर्ण बैठकले महासंघको सांगठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा, कोभिडका कारण सञ्चार क्षेत्रमा परेको असर लगायतका विविध विषयमा छलफल सहित राष्ट्रिय भेला आयोजना लगायतका ७ बुँदे निर्णय गरेको हो।

त्यस्तै आसन्न भेलाले महासंघको २६ औ महाधिवेशनको मिति समेत तय गर्ने जनाउदै आजको बैठकले बन्दाबन्दीका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिस र नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णयसंगै माहामारीको कारण देखाउँदै सञ्चारगृहले श्रमजीवी पत्रकारलाई दवावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त र परिणाममुखी बनाउने निर्णय गरेको महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा निरन्तर ५ वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्गरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनी दुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने निर्णयसंगै लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न,स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

साथै कोभिडका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासङ्घको मिसन सबै प्रदेशमा परिचालित गरिने र  महासङ्घले स्थापना गरेको एक करोड रुपैयाँ बराबरको आपतकालिन कोषमा महासङ्घ केन्द्रकातर्फबाट रु। तीस लाख र महासङ्घ बेलायत शाखाबाट रु। बीस लाख जम्मा भइसकेकाले यस कोषमा स्वच्छिक योगदान गर्न चाहने महासङ्घका शाखा र सरोकारवालालाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान निर्णय समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु