आइतवार, जेष्ठ ३०, २०७८

अनशनरत व्यक्तिको मागको सम्बोधन गर्दै जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौ साउन ११,
राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ बाट नेपालसमेत प्रभावित भएको अवस्थामा यसको रोकथामका लागि सरकारद्वारा पिसिआर परीक्षणलाई तीव्रता दिदै परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै विगत ९ दिनदेखि अनशनरत व्यक्तिको मागको सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा अनशनरत व्यक्तिको न्यायोचित माग सम्बोधनसंगै सार्थक संवाद र यसअघिको सम्झौता कार्यान्वयन गरी समस्याको समाधान गर्न सरकारलाई आग्रह गरिएको छ ।

त्यस्तै आयोगले अनशनरत समिरा श्रेष्ठको अनशनका कारण स्वास्थ्यमा समस्या देखिन थालेको अनुगमनका क्रममा बुझिएको जारी ििवज्ञप्तिमा उल्लेख गर्दै आफ्ना मागहरू राख्ने क्रममा आमरण अनशनजस्तो कठोर बाटो नरोज्न समेत आग्रह गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालय र अनशनरत अभियन्तावीच गत असार २२ गते भएको सम्झौताको कार्यान्वयन नभएसंगै अभियन्ता समुहले पुन आमरण अनशनका कार्यक्रम शुरु गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु