आइतवार, साउन १७, २०७८

प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासङ्घको माग

काठमाडौ असार १२, नेपाल पत्रकार महासङ्घले नुवाकोटस्थित विदुर नगरपालिकाकोे निमन्त्रणामा ८औं नगरसभाको समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई नगरपालिकाका प्रमुखले नगरसभाको समाचार सङ्कलन गर्न नमिल्ने भन्दै समाचार सङ्कलनमा रोक लगाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको विज्ञप्तिमा गत असार १० गते नगरसभाको निमन्त्रणा पाएपछि समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई सभामा केही जनप्रतिनिधिहरूले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै समाचार सङ्कलनमा रोक लगाएको उल्लेख गरिएको छ ।

स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरूलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार सङ्कलनमा रोक लगाएको घटना आफैँमा निन्दनीय र लज्जास्पद रहेको भन्दै महासङ्घले प्रस्तुत घटनाले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादामा समेत ठेस पुगेको महासङ्घको ठहर रहेको उल्लेख गर्दै प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु