शुक्रबार, चैत्र १६, २०८०

५ सय ३५ नयाँ कोभिड संक्रमितको पहिचानसंगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

काठमाडौं असार ८ , नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना कोभिड संक्रमितको पहिचान भएसंगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ र आरडीटी विधिबाट २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको जानकारी दिदै पछिल्लो समय उपचारपछि डिस्चार्ज हुनको सख्या २ हजार १ सय ४२ पुगेको छ ।

त्यस्तै आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ८९ र क्वारेन्टिनमा ९९ हजार ७ सय ३० जना रहेको पनि उहाँले बताए । साथै हालसम्म् नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।