शुक्रबार, बैशाख १४, २०८१

आजमात्रै ४ सय ४८ नयाँ संक्रमितको पहिचान, संक्रमितको सख्या ५ हजार नाघ्यो

काठमाडौ जेठ ३०,  कोभिड संक्रमणको जोखिमका कारण जारी लकडाउनको आज ८१ औं दिन पुग्दै गर्दा आज मात्र मुलुकका  विभिन्न भागमा कोभिड संक्रमितको ह्वाटै बढेको छ ।  सरकारले बुधावार जारी लकडाउनलाइ सहजीकरण गर्ने भन्दै विभिन्न सेवामा खुकुलोगरको भोलीपल्टै  ४ सय २४ जना पुरुष  ,२४ जना महिला सहित ४ सय ४८ नया संक्रमित थपिएसंगै संक्रमितको संख्या ५ हजार नाघेको हो ।

आज पहिचान गरिएको संक्रमितको सख्या गत बुधवार र बिहीवारको तुलनामा सवैभन्दा उच्च रहेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख २१ हजार ८ सय ६२ वटा पीसीआर परीक्षण भएको जनाउनुको अलावा देशशैभरका विभिन्न अस्पतालमा ४ हजार १ सय ६९ जना उपचारारत रहेको त्यस्तै क्वारेन्टिनमा १ लाख ५८ हजार ५० जना रहेको र ८ सय ७७ जना निको भएर घर फर्केको जनाउदै पछिल्लो समय संक्रमणवाट थप एकजनाको मृत्युभएसंगै मृतकको सख्या १६ पुगेको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।