शुक्रबार, चैत्र १६, २०८०

चौरजहारी घटनाको छानबिन गर्न ९ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौं  जेठ २६ ,सङ्घीय संसद्ले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित समितिलाइ घटनाको यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिईएको छ ।

त्यस्तै समितिका सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली’, विमला विक, महेश्वरराज गहत, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेको र समितिको समयावधि ३० दिन तोकिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।