शनिबार, बैशाख ८, २०८१

पुनर्बल प्लसका वालवालिकाका लागि खाद्यान्न सहयोग

काठमाडौ जेठ १९ , राजधानीको स्वयमभू सितापाइला क्षेत्रमा विगत एक दशक भन्दा लामो समययता देखि एक उदाहरणीय गैर सरकारी सस्थाको प्रतिविम्व बन्दै क्रियाशील पुर्नबल प्लस नामक संस्थामा आश्रित वालवालिकालाका लागि सहयोग स्वरुप आज एक कार्यक्रमका वीच खाद्यान्न लगायतका समाग्री उपलब्ध गराईएको छ ।

नेपालबाट करिव ३६१०. ७१ किलो मिटर दुर दराजमा रहेको विदेशीभूमि ताइवानमा रहेर पनि आफ्नो देशमा क्रियाशील संघसंस्थाको पवित्र लक्ष्य सहितको कार्ययोजनाबाट प्रभावित हुँदै ताइवानमा रहनुभएका मनकारी एवम साउण्ड अफ हिमालय संग आवद्ध व्यक्तित्व कर्मा दिनभुपले पुनर्बल प्लस संस्थाका ३ दर्जन वालवालिका लागि सहयोग गर्नु भएको हो ।  मुलत एचआइभी संक्रमित अभिवाकका सन्तान संगै अन्य अनाथ र अभिवावक विहिन वालवालिकाको लागि अभिवावकको भूमिका निवाह गर्दै लालनपालन देखि शिक्षदिक्षामा प्रतिवद्ध पुर्नबल प्लस संस्थामा राज्यका नियमक निकायबाट समेत वालवालिका राख्न सिफारिस हुने गरेका छन ।

वालवालिका जसलाइ हामी राष्ट्रका कर्णधारका उपमाबाट विगत देखिनै विभुषित गर्दै आइरहेका छौ । यद्यपी यस पक्षमा हामी कति सफल भयो वा असफल त्यो अलग पाटो हो । तर मुलुकमा कोभिड -१९ को उच्च जोखिमसंगै जारी बन्दाबन्दीको आज ७०औ दिन पुगिसकेको छ ।

यसवीचमा ती वालवाललिकाको लालन पालनमा कुनै समस्या सिर्जना नहोस भन्दै मनकारी व्यक्तित्व दिनभुपले विगत लामो समय यतादेखि समाज सेवाको क्षेत्रमा सक्रिय रहदै नेपाल ताइवान एसोसिएशनको तर्फबाट नेपालका लागि संयोजक समेत रहनुभएका सुवोध प्रधान र केदारमान सिं लगायत उहाँका अन्य सहकर्मी मार्फत उक्त सहयोग हस्तान्तरण गर्नु भएको सामाजीक अभियन्ता रमिला शाक्य श्रेष्ठले जानकारी दिनु भएको छ।  त्यसअवसरमा संस्थाका तर्फबाट सहयोगी दाता एवम सहकमीलाइ धन्यवाद पत्र समेत उपलब्ध गराईको थियो  ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।