बुधबार, बैशाख १२, २०८१

नेपालमा १० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न चिकित्सकको सुझाव

काठमाडौं जेठ १९, नेपालमा आगामी ३ महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् ।

अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रूप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका हुन् ।

चीनको योङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा.रमेश आचार्यले नेपालमा आगामी तीन महिना [जुन, जुलाई र अगस्ट] मा जोखिम अझै बढेर जान सक्ने र भेन्टिलेटरको अभावमा मृत्युदर बढ्न सक्ने भन्दै कम्तिमा १० हजार भेन्टिरलेटर स्ट्यान्डबाई अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन् ।

‘भारतसँगको सीमा नाका व्यवस्थापन गर्न नसक्दा हजारौको संख्यामा संक्रमित नेपाल भित्रिसकेका छन्, उनीहरूकै कारण नेपालमा जोखिम अझै बढेर जाने देखिएको छ,’ डा। आचार्यले भने । -राजधानी दैनिकबाट-

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।