बिहिबार, बैशाख १३, २०८१

हाजिर जमानीमा छुटे मुलुकका प्रतिष्ठित व्यापारिक घरानाका भीआइपी जुवाडे

काठमाडौ जेठ २१, लकडाउनका समयमा  काठमाडौं महानगरपालिका वडा न १ कमलादीस्थित रिजेन्सी बुटिक होटलको १०४ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा   जुवाखालबाट रङ्गेहात पक्राउ परेका मुलुकका प्रतिष्ठित व्यापारिक घरानाका ९ जना जुवाडेलाइ ५ दिन हिरासतमा राख्दै अनुसन्धान गर्न प्रशासनको अनुमति दिएपनि प्रहरीले सबै जनालाई हाजिर जमानीमा छोडेको छ ।

प्राप्त जानकारीअनुसार बढ्दो कोभिड संक्रमणको जोखिमसंगैउनीहरुलाई राति आफ्नो घरमा सुत्न पठाउने र दिउँसो प्रहरी कार्यालयमा हाजिर हुन आउने शर्तमा छोडिएको बुझिएकोछ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेका थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।