शनिबार, बैशाख ८, २०८१

स्थानीय तहको स्वीकृति वेगर अब काठमाडौं उपत्यकाबाट वाहिर र वाहिरबाट उपत्यका प्रवेश गर्न नपाइने

काठमाडौं जेठ ३२,  जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति चाहिने व्यवस्था गरेको छ ।

आज प्रशासनले जारी गरेको सूचनामा यात्राका लागि जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति त्यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान र काठमाडौ उपत्यकामा आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै गरि काठमाडौबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने जाी सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौद्दारा सूचना:

साथै काठमाडौंमा जिल्लाभित्र जोररबिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास तत्काललाइ बन्द गरिएको जनाउदै जारी सूचनामा सवारी पास नचाहिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।