बिहिबार, बैशाख १३, २०८१

सोमबारबाट चारपांग्रे निजी सवारी साधन र मोटरसाइकलमा जोरबिजोर प्रणाली

काठमाडौं जेठ ३२, विश्वव्यापी कोभिड   जोखिमका कारण जारी बन्दाबन्दी खुलाभएसंगै  मानिसको चहलपहल बाक्लो थियो भने ,सवारीको चापमा समेत वृद्धि भएको पाइएसंगै जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुरुप असार १ गते अर्थात सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउने व्ययवस्था मिलाउन गृहमन्त्रलायले मातहतका निकायलाई निर्देशन दिदै प्रस्तुत प्रणाली अनुरुप अत्याआवश्यक सेवा वाहेका निजि सवारी साधनलाइ जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन मात्र चलाउन दिन वर्खिलाप गरे कारवाही गर्न भनेको छ ।

त्यस्तै मन्त्रालयको सर्कुलरमा उपत्यकाको ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको उल्लेख रहेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।