शुक्रबार, बैशाख ७, २०८१

सैद्धान्तिक छलफलपछि संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

काठमाडौं जेठ २७, आज बसेको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेकोसंविधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

संविधानको दोस्रो संशोधनका लागि सरकारले जेठ १८ गते विधेयक संसदमा प्रस्तुत गरेको थियो। निशान छाप भित्रको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सामा समेट्ने गरी सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको थियो।

संविधान संशोधनमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले संविधान संशोधनको समर्थन जनाएका थिए। सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु