शुक्रबार, बैशाख ७, २०८१

सरकारी चेतावनीको भद्र अवज्ञा गर्नुको विकल्प छैन: सभापति देउवा

  • नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप

  • सरकारको निर्देशनको सर्वत्र आलोचना शुरु

  • व्यवसायीवृत, नागरिक समाज समेत आन्दोलित

काठमाडौं जेठ २१ ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आह्वान गरेका छन् ।आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कर नतिर्न यस्तो आग्रह गरेकोहो ।

त्यस्तै सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप सहित विषम अवस्थाकावीच प्रतिकूल परिस्थितिको सामाना गरिरहेको नागरिकलाइ सरकारले सहजीकरण गर्नुको साटो जेठ २५ भित्र कर नतिरे जरिवाना लगाइने चेतावनी दिनु सरकारमा नैतिक अराजकता भएको जिकिर गरिएको छ ।

साथै जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता लिन माग गर्दै कांग्रेस सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ्कन गर्न माग गर्दै सभापति देउवाले सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै, लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गरेर कार्य गर्न अपिल गरेका छन ।ज्ञात रहोस सरकारको निर्देशनको सर्वत्र आलोचना शुरु भइसकेको छ भने व्यवसायीवृत ,नागरिक समाज समेत आन्दोलित भएका छन् ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु