मङ्लबार, बैशाख ११, २०८१

सरकारले बजेट वक्त्व्य मार्फत नेपाली हवाई क्षेत्रका लागि गरेको सम्बोधन स्वागत योग्य : वायुसेवा सञ्चालक सङ्घ

काठमाडौ जेठ १९, हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषय सकारात्मक भएको भन्दै सरकार प्रति धन्यवाद ज्ञापन गरेको छ ।

संघका अध्यक्ष क्या रामेश्वर थापाारा जारी विज्ञप्तिमा कोभिड १९ को उच्च जोखिमका कारण जारी लकडाउनले पूर्णत प्रभावित बनाएको मुलुकको हवाई उद्योगको पुनरुत्थानका लागि सरकारले बजेट वक्त्व्य मार्फत गरेको घोषणा स्वागत योग्य भएको जनाउ सहित सरकारलाई धन्यवाद दिएको हो ।

त्यस्तै विज्ञप्तिमा बैंकबाट प्रभाव हुने कर्जा कार्यक्रमको पुनःसंरचना गरी ५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने, पर्यटन व्यवसायका कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि पाँच प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउन रु ५० अर्बको छुट्टै कोष खडा गर्ने जसत महत्वपूर्ण घोषणासंगै वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने गरेको पूर्वाधार कर छुट दिने घोषणाबाट हवाई क्षेत्रमा नयाँ आयाम सिर्जना भएको उल्ल्ेख गरिएको छ ।

त्यस्तै आम नेपाली यात्रुलाई सुपथ मूल्यमा हवाई सेवा प्रदान गर्न र राष्ट्रको महत्वपूर्ण उद्योगलाई विषम घडीमा टिकाइराख्न प्रतिलिटर बिक्री मूल्यको करिब १० प्रतिशत नाफा राखी हवाई इन्धनको मूल्य समायोजनका लागि पनि सङ्घले नेपाल आयल निगमलगायत सम्बन्धित मन्त्रालयमा अनुरोध गरिएको उल्लेख गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।