बिहिबार, बैशाख १३, २०८१

संविधान संशोधन विधेयक माथिको दफावार छलपछि आज संसदबाट संशोधन विधेयक पारित गरिदै

काठमाडौं जेठ ३१,  आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित हुने भएको छ । आजको बैठकको कार्य सूचीमा विधेयकमाथिको दफावार छलफल पछि संशोधन पारित गर्ने गर्ने कार्यसूची रहेको छ ।

यद्यपी सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा रहकाले प्रस्ताव पारितमा कुनै असहजता नभएपनि सम्बन्धीत पार्टीको निर्देशन विपरित संविधान संशोधन विधेयकमाथि एक संशोधन प्रस्ताव पनि दर्ता भएको छ ।

प्रस्तुत संविधान संशोधन प्रस्ताव पारित भएसंगै सरकारले गत जेठ ७ गते सर्वाजनिक गरे अनुरुपको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेको नक्साले पूर्णता पाउनेछ । र यसै अनुरुप मुलुकको  निशान छाप परिवर्तनका लागि संविधान संसोधन गर्न लागिएको हो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।