बिहिबार, बैशाख १३, २०८१

संविधान [दोस्रो संशोधन] विधेयक नेपाल राजपत्रमा प्रकाशित

काठमाडौ जेठ १९ , सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपाल राजपत्रमा प्रकाशित गरिएको हो ।

नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दै सरकारले उक्त नक्सा नेपालको निशासन छापमा समावेश लक्ष्य अनुरुप संविधान संशोधन विधेयक संसदमा प्रस्तुत भएपछि सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्ने संवैधानिक व्यवस्था भएअनुरुप सूचना प्रकाशित गरिएको संसद् सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।