बिहिबार, चैत्र १५, २०८०

व्यायम शाला ,हेल्थक्लव लगायतका व्यवसाय खोल्नका लागि पहलकद्मी लिन माग

काठमाडौं जेठ २२,  नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले विगत ७२ औ दिन देखि कोभिड संक्रमणको जोखिमका कारण जारी बन्दाबन्दीका कारण पूर्णत बन्द रहेका कारण अन्य उद्योग व्यवसाय जस्तै व्यायम शाला ,हेल्थक्लव लगायतका व्यवसाय पनि दिनानुदिन धरापमा पर्दै गएको अवस्थालाइ दृष्टिगत गर्दै गम्भीर चिन्ता चासो व्यक्त गरेको छ ।

त्यस्तै विशुद्ध यसै ब्यवसायलाई अंगालेर आफ्नो परिवार पाल्नुपर्नेहरुको जमात ठुलै रहेनुको अलावा यसमा कार्यरत प्रशिक्षक, कर्मचारीहरुको अवस्था समेत नाजुक वन्दै गएका कारण संघले विद्यमान कोभिड संक्रमणको जटिल अवस्थामा व्यायम शाला ,हेल्थक्लव लगायतका व्यवसाय आवद्ध व्यवसायी लक्षित हुँदै बन्दाबन्दी अबधिको ब्याज छुट एवम् स्वास्थ्य निर्देशिकाको पालना सहित व्यवसाय खोल्नका लागि पहलकद्मी लिन सरकारसँग माग गरेको हो ।

संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जारी गर्नु भएको विज्ञप्तिमा कोभिड संक्रमणको औषधि पत्ता नलागेको अवस्थमा कोमिड संक्रमण संग लड्नका लागि शरिरलाई स्वस्थ्य राख्दै इम्युनिटी पावर बढाउनु जरुरी रहेको यसको लागि तत्काल व्यायम शाला तथा हेल्थ क्लव खोल्नु आवश्यक रहेको उल्लेख गर्दै जारी लकडाउनको परिप्रेक्ष्यमा फिटनेस सेन्टर खुला गरेर स्वस्थ्य हुनु पर्ने अवस्थामा बन्द गर्दा झन समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।

प्रस्तुत ब्यवसाय पनि साना तथा मझौला व्यवसाय अन्तर्गत नै पर्ने र साना तथा मझौला प्रकृसतिक व्यवसायलाइ सरकारले बजेट वक्त्व्यमा घोषणा गरेको व्याज अनुदान राहत कार्यक्रम अ व्यायाम शाला, हेल्थ क्लबहरुलेसमेतलाइ समावेश गर्नुपर्ने माग गर्दै सम्पूर्ण घरधनीहरुमा यस व्यवसायको संरक्षण एवं टेवा प्रदान गर्नको लागि लकडाउन अवधिभरको घरभाडा छुट गरेर यससँग आश्रित सम्पूर्णको रक्षार्थ सहयोगको लागि अपिल गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।