बिहिबार, चैत्र १५, २०८०

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन गरेको प्रस्ताव बहुमतबाट पारित

  • प्रमुख प्रतिपक्षी काँग्रेस लगायतका अन्य दलको फरक मत
  • ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरित : सत्तारुढ सासंद यादव

काठमाडौं असार ७, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । त्यस्तै बैकले राजनीतिक र सरकारी नियुक्ति जागिरबाहेकका विभिन्न ७ वटा अधिकार दिने प्रावधान समेत पारित गरेको छ ।

समितिको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षीदल कांग्रेसले , जसपा र नेमकिपाका सांसदहरूले वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने व्यवस्थामा असहमति सहित नागरिकतासम्बन्धी ऐन २०६३ को प्रावधान नै कायम गर्नु पर्ने भन्दै फरक मत दर्ता गराए पनि बहुमतका आधारमा नागरिकता संशोधन विधेयक पारित गरिएको हो ।

यसैवीच सत्तारुढदलकै सांसद तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरित रहेको भन्दै विममति जनाएको छ।

सासंद यादवले आइतबार बिज्ञप्ति जारी गर्दै नेपालको भारतसंगको सांस्कृतिक, धार्मिक, भाषिक तथा आर्थिक सम्बन्ध वैदिक कालदेखि रहि आएको हुँदा रोटी–बेटीको सम्बन्ध भएको र नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुबीच वैवाहिक सम्बन्ध हुने गरेको भन्दै उनले ७ वर्षसम्म नागरिकता नपाउँदा उनीहरु राज्यविहीन हुने र राजनीतिक, आर्थिक, सामाजिक लगायतका शोषणमा पर्ने भन्दै विमति जनाएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।