मङ्लबार, बैशाख ४, २०८१

वालुवाटार तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीवीच अश्रुग्यास र पानीको फोहोरा सहित झडप [हेर्नुस १२ फोटो ]

  • अनुप प्रधान

काठमाडौं जेठ २९,  कोभिड संक्रमणको उपचारमा भएको खर्चको पारदर्शीता माग गर्दै आज पनि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार परिसरमा सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

शान्तिपूर्ण रुपमा शुरु भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेसंगै प्रदर्शनकारी आक्रोशित भएको हो । त्यस लगत्तै प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि स्थित झन तनावग्रस्त भएको हो । प्रदर्शनको क्रममा प्रदर्शनकारीले प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होशियार, प्रहरी हस्तक्षेप बन्द गर’ जस्ता नारा पनि लगाएका छन् ।

कोभिड महामारी नियन्त्रणलाई प्रभावकारी रुपमा लैजानुपर्ने , आरडीटी परीक्षण रोक्नुपर्ने लगायतका माग राख्दै युवा तथा सर्वसाधारणले केही दिनयता बालुवाटारमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै आइरेका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु