बिहिबार, चैत्र १५, २०८०

यी हुन परिवर्तित लकडाउनको मोडालिटी अनुरुप खुला हुने सेवा र बन्द हुने सेवाहरु

काठमाडौं जेठ २९, बुधवार राती अवेर सम्म बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरेको हो। त्यस्तै  ३ चरणको लकडाउन मोडालिटी बनाउँदै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरेको छ । जस अनुसार यसवीचमा क्रमस खुला हुने सेवा तथा कार्यका रुपमा बैडठकले निम्नानुसारको कार्य पहिचान गरेको छ ।

स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक
औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण, फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा, सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य,कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य, उत्पादनशील उद्योग, निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय,
विकास आयोजना[निजी क्षेत्रबाट संचालित समेत],
निर्माण कार्य [निजी समेत], नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण,
रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा,
क्वारेन्टिनका लागि तोकिएका होटल,
बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप,
पुस्तक पसल तथा स्टेशनरी,
सबैप्रकारका ढुवानी सेवा,
अत्यावश्यक सेवाका सबै कार्यालय,
अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू ९सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी०
पहिलो २१ दिनको समीक्षा पछि १५ दिनसम्म यी सेवा तथा कार्य समेत खुला हुनेछन् ।
सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू र बैंक,
रिक्सा तथा एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा,र
कार्यहरू सञ्चालन गर्ने तथा वित्तीय संस्था [सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी
ट्याक्सी [ चालकबाहेक थप दुई जना यात्रु रहने]
रेष्टुरेण्ट तथा खाजाघर [ब्यक्ति व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम रहने गरी] ।
त्यस्तै तत्कालालाइ बन्द रहने सेवा तथा कार्यका रुपमा पहिचान गरिएको क्षेत्रमा क्रमस
शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र,
सपिङ मल, डिपार्टमेण्ट स्टोर [खाद्यपदार्थ बाहेक]
सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल,
अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान,
तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन,
२५ जना बढी सहभागी हुने बैठक, गोष्ठी, तालीम, सेमिनार,
सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,
व्यावसायिक रुपमा सञ्चालित स्वीमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत
हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर,
समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
अत्यावश्यक बाहेकका सबै सवारी साधनहरु,रहेका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।