शुक्रबार, चैत्र १६, २०८०

यस्तो देखियो ३ घण्टा ३३ मिनेटलामो खण्डग्रास सूर्यग्रहण [फोटो फिचर]

-अनुप प्रधान-
काठमाडौं असार ७ ,आज असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन बिहान १०ः५० बजे स्पर्स शुरु हुँदै मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष भएको ३ घण्टा ३३ मिनेटलामो खण्डग्रास सूर्यग्रहण यस्तो देखिएको थियो । ग्रहणको समयमा सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास अर्थात आधा मात्र ढाँकेको प्रष्ट देखिन्थ्यो ।

त्यस्तै काठमाडौबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम एकाएक घटेर चिसो समेत अनुभव हुने विज्ञहरुको बताए अनुरुप सोहि अनुभूती आम नेपालीले गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।