शनिबार, बैशाख ८, २०८१

यसअघि जारी सात दिने पास मान्य, नवीकरण गर्नु पर्दैन : जिप्रका काठमाडौं

काठमाडौं जेठ २०, कोभिड संक्रमको जोखिमसंगै सरकारले थप गरेको आगामी जेठ ३२ गते सम्मका लागि थप गरेको बन्दाबन्दीको क्रममा अत्याआव्श्यक लगायतका सवारी सञ्चालनका लागि यसअघि जारी गरेको पासलाई मान्यता दिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज ३ बुँदे सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने र पास नवीकरण गरिरहनु नपर्ने जनाएको छ ।

त्यस्तै यसअघि जारी भएका सात दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने सूचना सहित प्रशाासनले अब सवारी पास आवश्यक पर्नेले पासका लागि कार्यालयमा भीडभाड गर्दा सङ्क्रमणको जोखिम भएकै कारण  कारण जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात प्रविष्टि गर्दै नयाँ पास माग गर्न सकिने जनाएको छ ।

त्यस्तै सङ्घसंस्थाको हकमा सम्बन्धित नियमक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रशासनले जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।