बुधबार, बैशाख १२, २०८१

मुलुकको ७२ जिल्ला कोभिड १९ संक्रमणबाट प्रभावित ,संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं जेठ २७, नेपालमा कोभिड १९ संक्रमणको प्रभाव मुलुकको ७२ जिल्ला प्रभावित रहेको जानकारी दिदै संक्रमणकै कारण आज थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टिगरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजको प्रेस ब्रिफिङमा भरतपुर ११ का एकजना पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।  मृतक व्यक्तिमा ज्वरो, निमोनिया, सुगर र उच्चरत्त चापको समस्या रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा २ सय ९२ जना पुरुष र ३१ जना महिला गरि ३ सय २३ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको जानकारी दिएका छन । साथै उहाँले १ लाख ६ हजार ३ सय ३१ पीसीआर परीक्षण भएको जनाउदै देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा र ३ हजार ४ सय ८७ जना आइसोलेसनमा रहेको बताए । त्यस्तै संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।