बिहिबार, चैत्र १५, २०८०

मुलुकको ७२ जिल्लामा कोभिड संक्रमणको प्रभाव, काठमाडौंमा थप एक नयाँ संक्रिमतको पहिचान

काठमाडौं जेठ ३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि गरेका छन । उहाँका अनुसार नयाँ सङक्रमित थपिएसँगै नेपालमा कोरोना सङक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । जसमध्ये पुरुषको संङ्ख्या ४ हजार ७ सय ९ पुगेको छ भने महिलाको संङख्या ३ सय ५३ पुगेको छ । जसमध्ये केही नाबालाकहरु पनि रहेको  जानकारी दिनुभयो

त्यस्तै  उहाँले मुलुकको ७७ जिल्ला मध्ये ७२ जिल्लामा कोमिड सङ्क्रमण फैलिएको जनाउदै आज  विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका दुई जना, झापाका ७ जनामा , यस्तै काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल टिचिङमा गरिएको परीक्षणमा महोत्तरीका १० जना, चितवनको भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका एक जनामा कोभिड संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ जना, उदयपुरका ३ जना, सिरहाका ११ जना ,कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका १ जना, झापाका ६ जना, सुनसरीका १० जना , यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरेको परीक्षणमा पर्वतका १३ जना, स्याङ्जाका २२ जना नवलपरासी पूर्वका १ जना र तनहुँका १ जनामा कोभिड संक्रमण पुष्टि भएको जानकारी दिनभयो ।

त्यस्तेगरि भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका १४ जना, बाँकेका १ जना र  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना मोरङका १ जना धादिङका २७ जना १ जना धादिङका १ जना धनुषाका १ जना नुवाकोटका १ जना रौतहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५८ र जनकपुरमा गरेको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना र सर्लाहीका ३ जना धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ४ सर्लाहीका ४ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा ८ जना, सुर्खेत अस्पताल दैलेखका ३८ जना सुर्खेतका दुई महिला सहित ४४ जना र रुपन्देहीको प्रयोगशालामा गरेको परीक्षणमा अर्घाखाँचीका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जना पुरुष, प्यूठानका २ जना, रुपन्देहीका १६ जना, नवलपरासी पश्चिमका २ जनामा संक्रमणको पुष्टि भएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।